मोरङ : मोरङको रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका दुईजना युवकलाई बगाएको छ ।
बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपत्ता भएका छन् ।
आज दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिई खोजतलास गर्दा बिटुकुमार साहलाई फेला पारेर उपचारको लागि रंगेली अस्पताल पठाएको भएपनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, अर्का बेपत्ता राजा साहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post