इटहरी : विप्लवको बन्दले इटहरी सुनसान बनेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरुद्धमा आज (मंगलबार) देशव्यापी रूपमा बन्दको घोषणा गरेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार विप्लवको बन्दले इटहरीका अधिक पसलहरू बन्द छन् । यस्तै, सबै सार्वजनिक यातायात पूर्ण रूपमा बन्द भएका छन् । यद्यपि, व्यक्तिगत केही सवारी साधन तथा सिटी सफारी भने चलेका छन् ।
बन्दले नकारात्मक गतिविधि हुन नदिन ठाउँठाउँमा प्रहरी परिचालन समेत गरिएको छ ।














Discussion about this post