सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा आफ्नै बुबाले छोराछोरीलाई एसिड प्रहार गरेका छन् ।
सोही नगरपालिकामा बसोबास गर्ने ५० वर्षीय मोहन बराइलीले सामान्य घरायसी विवादका कारण छोरा २५ वर्षीय सुरज र १५ वर्षीय छोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका अनुसार सुनचाँदी व्यवसायी मोहनले मादक पदार्थ सेवन गरेर घरसंगै रहेको सुन पसलको विषयमा विवाद हुँदा उनीहरूमाथि पसलमा रहेको सुन सफा गर्ने एसिड प्रहार गरेका हुन् ।
बुबाले प्रहार गरेको एसिड छोरा सुरजको घाटी र दायाँ हातमा र छोरीको हात र खुट्टामा पोखिएपछि घाइते भएका सुरजको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अर्की घाइते छोरीको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेका उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post