संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका ५ खमारेस्थित ५६ वर्षीय रामबहादुर राईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाको आधारमा राईको घरमा खानतलासी गर्दा गोठमा परालले छोपेर लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको हो ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post