इटहरी : सुनसरी प्रहरीले एक लाख २३ हजार मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार भन्सार छली गरेर भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो । तस्करी गरेर ल्याउँदै गर्दा चिनी, सूर्ति, कपडा लगायतका सामान नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएको सामान एक लाख २३ हजार ९० रूपैयाँ बराबरको छ ।














Discussion about this post