मोरङ : मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझारमा ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका २९ वर्षिय डम्बर थापा रहेका छन् । हिजो बेलुका साईडमा रोकी राखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती मृत्यु भएको हो ।
मोटरसाइकल पछाडी सवार घाइते भएकासोही स्थानका २६ वर्षिय राजन पराजुलीको भने नोबेल अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post