इटहरी : नेपाली कांग्रेसको १४ औं महाधिवशेन अन्तरगत आइतबार भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ ।
नेपाली कांग्रेसको सभापति पदका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिष्पर्धामा थिए ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ ।
मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।
पहिलो चरणको अन्तिम मत परिणाम यस्तो छ –
शेरबहादुर देउवा २२५८
शेखर कोइराला १७२९
प्रकाशमान सिंह ३७१
विमलेन्द्र निधि २४९
कल्याण गुरुङ २०
Discussion about this post