मोरङ : जागिर लगाइदिन्छु भन्दै पटकपटक गरी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका १० बसपार्कबाट जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको लखन गाउँपालिका २ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका ८ का उमेशकुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटकपटक गरी नगद एक लाख ७३ हजार रकम ठगी गरेको खुलेको छ ।
पक्राउ परेका अर्यालमाथि जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post