धरान : बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान १३ का ३८ वर्षीय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र चार लाख पचास हजार सात सय ६६ रुपैँया जरिवाना भएपनि हालसम्म फरार रहँदै आएका थापालाई १ नं. प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज (बुधबार) बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालतबाट कैद भुक्तानको लागि आजै कारागार चलान गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post