इटहरी : इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा स्वास्थ्य स्फूर्त राख्नका लागि ‘एरोविक’ नृत्यको आयोजना गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण विद्यार्थीमा परेको नकारात्मक प्रभावलाई चिर्नका लागि नयाँ उर्जा दिदैँ पठनपाठन गर्नका लागि उक्त नृत्य आयोजना गरिएको शिक्षक मनोज चौधरी बताउँछन् ।
मुख्यतयाः विद्यार्थीहरूको शैक्षिक क्रियाकलापलाई सकृय बनाउन रचनात्मक किसिमको नृत्य आयोजना गरिएको उनले बताए । उनका अनुसार आफ्नो स्वास्थ्यको हेरविचार गर्ने नेपाली समुदायको लागि यस्तो नृत्य उपयोगी मानिन्छ । ‘हामीले अघिल्ला वर्ष पनि यस्ता किसिमका कार्यक्रम गर्दै आएका छौँ, यस वर्ष पनि केहीदिनयता यो कार्यक्रम आयोजना गर्दा सकारात्मक सुझाव पाएका छौँ ।’ उनले भने ।
लामो समयबाट यस जनता बहुमुखी क्याम्पसले विद्यार्थीहरूका लागि विभिन्न शारीरिक कृयाकलापहरू गराउँदै आएको छ । हरेक वर्ष झैँ यस वर्ष पनि क्याम्पसमा सयौँ विद्याहरूलाई समेटेर ‘एरोविक’ डान्स गराएको चौधरीले बताए ।
नृत्यमा सहभागी भएकी विद्यार्थी सुनिता तामाङ भन्छिन्, ‘कोरोनाले हामीलाई मानसिक रूपमा जोखिम बनायो । तर, यसरी हामीले मनैदेखि नृत्य गर्दा शरीर फूर्तिलो हुन्छ, मानसिक रूपमा पनि स्फूर्त भयौँ ।’ उक्त नृत्यले विद्यार्थीमा उत्प्रेरणा प्रदान गरेको उनी बताउँछिन् ।
विद्यार्थी पवन बस्नेतले शैद्वान्तिक रूपमा मात्रै लिएको ज्ञानको प्रभाव कम रहनेभएपनि यस्ता अतिरिक्त कार्यक्रमले उर्जा प्रदान गर्ने बताए ।
नृत्य प्रशिक्षक तुलसी घिमिरेले यस्ता किसिमका कार्यक्रम नेपालमै पहिलो भएको बताए । उनले भने, ‘विद्यार्थीरूमा पढाइसँगै कला क्षेत्रमा पनि अगाडि बढ्ने भएकाले यो कार्यक्रम उपयुक्त छ ।’





















Discussion about this post