मोरङ : मोरङको रतुवामाई नगरपालिका ९ डिपोका ५७ वर्षीय दीपनारायण धामीलाई उनकै छोराले कुटपिट गर्दा मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको विषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलवार कुटपिट गर्दा दीपनारायण गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार दीपनारायणको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीवार साँझ बाटोमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले अर्जुनलाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post