Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा नेकपा एकीकृत समाजवादीको कार्यक्रमभरी ओलीको विरोध

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १८, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीमा नेकपा एकीकृत समाजवादीको कार्यक्रमभरी ओलीको विरोध
322
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यक्रमभरी एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध गरिएको छ ।

आइतबार यहाँ आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं. १ स्तरीय प्रथम अधिवेशनको उद्घाटनको क्रममा अधिक वक्ताहरूले ओलीको विरोध गरेका हुन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेमा केपी ओलीको आलोचक र स्वतन्त्र व्यक्ति कोही पनि टिक्नेवाला नरहेको बताए ।

‘ओलीको पार्टीमा आलोचक र स्वतन्त्र व्यक्ति कोही रहनेवाला छैनन्,’ उनले भने, ‘१५ वर्ष पार्टी चलाएको मलाई र एमाले तथा माओवादी मिलेर पार्टी एक हुँदा अध्यक्ष भएका प्रचण्डलाई नटेरेका ओलीले अरु कसैलाई टेर्नेवाला छैनन् ।’

उनले ओलीले एमाले अध्यक्ष भएपछि पार्टी कब्जा गरी गुट चलाएर देवत्करण गरेको आरोप लगाए । एमालेमा कार्यकर्ताको कुनै सम्मान नरहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘एमाले पार्टीमा कार्यकर्ताको कुनै महत्व छैन, ओली एकदमै अटेरी र निरङ्कुश छन् ।’

ओली अध्यक्ष र प्रधानमन्त्री हुँदा निरङ्कुश शासक भएको आरोप लगाउँदै नेता नेपालले भने, ‘ओलीले राणाकाल, पञ्चायतजतिकै कठोर र पछिल्लो समय राजतन्त्रजतिकै निरङ्कुश भएर अघि बढेकैले गर्दा असल कम्यनिष्ट पार्टी बनाउन हामीले एकीकृत समाजवादी पार्टी खोलेका हौँ ।’

कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि सम्बोधनभरी ओलीकै विरोध गरेका थिए । देशमा ओली जत्तिको निरङ्कुश शासक अरु कोही नरहेको बताउँदै आफूहरूको पार्टी असल कम्युनिष्ट भएको बताए ।

यस्तै, कार्यक्रममा एमालेका निवर्तमान केन्द्रीय सदस्य धर्मराज निरौलासहितको टोली एकीकृत समाजवादीमा प्रवेश गरेको थियो ।
निरौलाले पनि कार्यक्रममा बोल्ने क्रममा ओलीको विरोध गरेका थिए ।

निरौलासंगै एमाले परित्याग गरी प्रदेश कमिटिका सदस्यहरू शम्भुप्रसाद आचार्य, श्याम नारायण राजधामी, सरोज बराल, किरण कार्की, गयाराम राजधामी, हिरालाल मेहता सहितका नेता पार्टी प्रवेश गरेका थिए ।

Tags: टाकुरा विशेषनेकपा एकीकृत समाजवादीमाधवकुमार नेपालराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    466 shares
    Share 186 Tweet 117
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.