इटहरी : इटहरीमा नेपाली कांग्रेस पार्टी टोल समिति विस्तारमा सक्रिय बन्न थालेको छ ।
पछिल्लो केही सातायता कांग्रेस विभिन्न वडाका टोल समिति विस्तारमा सक्रिय बन्न थालेको हो । बिहीबार इटहरी उपमहानगरपालिका वडा नं. ४ र २० नं. वडाका विभिन्न ठाउँमा टोल समिति विस्तार गरिएको छ ।
नेपाली कांग्रेस इटहरी ४ का वडा सभापति विक्रम थापा अनुसार इटहरी ४ को आर्मी क्याम्प उत्तर विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको छ ।
नेविसंघका केन्द्रीय सभापति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी, कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल, उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल कांग्रेस नेताद्वय रोहित प्रसाईँ, सूर्य राई लगायतको उपस्थितिमा टोल समिति विस्तार गरिएको थापाले बताए ।
उनका अनुसार नेताहरूले विभिन्न पार्टी परित्याग गरी आउनेहरूलाई कांग्रेसमा प्रवेश गराएका थिए ।
यस्तै, इटहरी २० मा पनि विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको छ ।
Discussion about this post