विराटनगर : विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।
एमबिबिएस पढ्ने विद्यार्थीसँग नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेको भन्दै विद्यार्थीहरू कलेजमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका हुन् ।
पुस दोस्रो साताबाट आन्दोलनमा उत्रिएका विद्यार्थीको पक्षमा विभिन्न दल निकट विद्यार्थी सङ्गठनले ऐक्यवद्धता जनाएका थिए । तर, आइतबार भने व्यवसायीले विद्यार्थीको आन्दोलनविरुद्ध काउन्टर प्रदर्शन गरेका छन् ।
विद्यार्थीको आन्दोलनले व्यापार व्यवसायमा असर गरेको भन्दै व्यवसायी र सफारी चालकहरूले प्रदर्शन गरेका हुन् । ‘रोजिरोटी मार्न पाइँदैन, हस्पिटलभित्र आन्दोलन गर्न पाइँदैन’ भन्दै प्रदर्शन गरेका हुन् ।














Discussion about this post