मोरङ : मोरङको लेटाङ नगरपालिका २ फँडानीमा एक पुरुषको हत्या भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार राति करिब ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले राति ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुढाथोकीको शव भुजेलको आँगननजिकै भेटिएको थियो । बेलुका घरबाट शव घिसारेर बाँसघारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोमबार बेलुका मृतक र हत्या आरोपी बृद्धसँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् ।
मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । बुढाथोकीको घर लेटाङमै भएपनि आफ्नो घरमा भने नबस्ने गरेको स्थानीयले जनाएको छ ।
मदिरा सेवनपछि उनीहरूबीच विवाद भएको र विवादपछि बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।













Discussion about this post