मोरङ : मोरङको धनपालथान गाउँपालिका २ बाट लागूऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा धनपालथान २ बरियाती टोलका ४० वर्षीय बसन्त पासवान, सुनसरी धरान १६ का ३६ बर्षीय रविन राई र २९ वर्षीय वचन राईलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले अऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १–०२०–०४५ प २६९९ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई मोरङ जिल्ला अदालतबाट लागूऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post