मोरङ : मोरङको रतुवामाई नगरपालिका ३ महादेवाबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्राउनसगुरको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले झापाको गौरीगञ्ज गाउँपालिका ५ की ३५ वर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्ससहित पक्राउ गरेको हो ।
पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post