इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (बुधबार) देखि लागू हुनेगरी आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै आजबाट लागू हुने गरी सुनसरीमा १३ बुँदे आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले ओमिक्रोन भेरियन्ट भारतमा भयावह रूपमा फैलिएको र यसको असर नेपालमा पनि देखा परेकाले विभिन्न नियम लागू हुने गरी आदेशपत्र जारी गरेको हो ।

प्रजिअ यादवका अनुसार भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधि लगायत कार्यक्रम गर्न पाइनेछैन । २५ जनाभन्दा बढी सहभागी हुने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको हो ।
सबै सामुदायिक विद्यालय सञ्चालनको हकमा नेपाल सरकार शिक्षा मन्त्रालयको निर्देशनअनुसार हुने जनाइएको छ ।

ओमिक्रोनको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरू माक्स, सेनिटाइजरको प्रयोग र भौतिक दुरी कायमको पालना अनिवार्य रूपमा गर्नुपर्ने र माघ १ गतेदेखि सार्वजनिक सेवा कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशालालगायतका स्थलमा प्रवेश गर्न कोभिड खोपको कार्ड अनिवार्य गरेको छ ।













Discussion about this post