मोरङ : मोरङको लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय ईन्द्रबहादुर राई रहेका छन् ।
शुक्रबार (आज) बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकेर हिँडेको अवस्थामा पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक ३ नाल, बारुद २ डब्बा, गोली १८ थान, छर्रा ५ पोका, खुकुरी १ थान, गेटिस १ थान बरामद गरेको छ ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post