मोरङ : मोरङको रतुवामाई नगरपालिका ९ भौडाबाट अबैध औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुनबर्षी नगरपालिका ६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरीया सुनबर्षी ७ का ३० वर्षीय कार्तिकचन्द दास रहेका छन् ।
विशेष सूचनाको आधारमा आइतबार (आज) बिहान साँढे ९ बजे प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा अबैध औषधीसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट विभिन्न कम्पनीका बीस हजार ट्याबेल बरामद गरिएको प्रहरीले जनाएको छ ।
अबैध औषधीसहित पक्राउ परेका उनीहरूलाई थप अनुसान्धानको लागि औषधी व्यबस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।














Discussion about this post