सोलुखुम्बु : सोलुखुम्बुको दूधकोशी गाउँपालिका १ मा छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय वाङ्दी शेर्पा रहेका छन् । उनले गएराति सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटिइ शेर्पालाई नियन्त्रणमा लिइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।











Discussion about this post