इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले आज (बिहीबार) बाट लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य एक सय ३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि तीन रुपैयाँ बढेर एक सय २२ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढेर एक सय छ ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई यथावत नै राख्ने निर्णय गरिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।














Discussion about this post