मोरङ : मोरङमा बाँसझ्याङबाट लडेर शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
केराबारी गाउँपालिका ७ का ४३ वर्षीय ढकबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय टङ्क बस्नेतको बाँसझ्याङमा काटेको बाँस बाहिर निकाल्ने क्रममा चिप्लिएर लडेका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
बाँसझ्याङ रहेको भिरालो जमिनबाट उनी लडेका थिए । शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post