मोरङ : मोरङको कटहरी गाउँपालिका ३ का २८ वर्षीय अशोक ऋषिदेवको हत्या गरी फरार रहेको आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार माघ ८ गते साढे ७ बजेतिर हत्या गरी फरार भएका सोही ठाउँका ३८ वर्षीया शेखर राजवंशीलाई पक्राउ गरिएको हो ।
उनलाई माघ ९ गते पक्राउ गरी जिल्ला अदालत मोरङबाट ज्यानसम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । दुवैबीच झै–झगडा भइ कुटपिट हुँदा ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post