मोरङ : मोरङको बेलवारी नगरपालिका ९ डाँगा बजारमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोार पक्राउ परेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बुबाको हत्या अभियोगमा स्थानीय ३५ वर्षीय जयबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनले बुधवार राति साढे १० बजे आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार मादक पदार्थ सेवन गरेर आएका खत्री र उनको बुबाको घरायसी विषयमा विवाद भएको थियो ।
सोही विवादको क्रममा रिसको आवेगमा घाँटी थिच्दा बुबा दलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post