इटहरी : कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न सिफारिस गरेको छ ।
आज (शुक्रबार) बसेको बैठकले हालपनि कायमै रहेको कोरोना महामारीको जोखिमका कारण माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
सीसीएमसीसीका सचिव रामप्रसाद थपलियाका अनुसार जनस्वास्थ्यका विज्ञहरूले मानिसहरूबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरेको हो ।
यसअघि सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो ।














Discussion about this post