इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार माघ मसान्तसम्म प्रशासनले सिनेमा घर, डान्स बार, दोहोरी, क्लब हेल्थ, फुटसल, हाटबजार लगायत भीडभाड हुने क्षेत्रहरू सञ्चालन गर्न नपाउने आदेशमा उल्लेख छ ।
प्रशासनको आदेशअनुसार विवाह, न्वारान लगायत २५ जनाभन्दा बढी नहुनेगरी जनस्वास्थ्यको मापदण्ड पालना गरेर स्थानीय प्रशासनलाई पूर्व जानकारी गराएर मात्र आयोजना गर्न पाइनेछ ।

विभिन्न सेवा प्रदायक निकायमा सर्वसाधारण सेवाग्राहीले कोभिडविरुद्धको खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्ने पनि व्यवस्था गरिएको छ । यस्तै, सपिङ मल, डिर्पाटमेन्ट स्टोर, सपुर मार्केट लगायतमा एक पटकमा २५ जना भन्दा बढी हुन नहुने पनि आदेशमा उल्लेख छ ।
यस्तै, रंगशालामा दर्शकसहित नगरी नहुने पूर्वनिर्धारित खेलकुद कार्यक्रम एक पटकमा कुल क्षमताको एक तिहाई मात्र दर्शक उपस्थित रहने गरि सञ्चालन गर्न पाइनेछ ।
रंगशालामा खोप कार्डको आधारमा मात्र दर्शक प्रवेश गर्न दिइने पनि उल्लेख छ ।














Discussion about this post