Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङ हत्याको कनेक्सन ललितपुरसम्म, एकै समूहबाट तीनजनाको हत्या आशंका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २१, २०७८
in समाचार
0
मोरङ हत्याको कनेक्सन ललितपुरसम्म, एकै समूहबाट तीनजनाको हत्या आशंका
164
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत १३ र १४ माघमा दुई जनाको शव मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गाडिएको अवस्थामा फेला पारेको नेपाल प्रहरीले सो घटनासँग जोडिएका विषय पछ्याउँदै गर्दा ललितपुरमा अर्का एक व्यक्तिको शव फेला पारेको छ ।

प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो बसपार्कनजिकै हत्या गरेर ५ फिट गाडिएको अवस्थामा बिहीबार तेह्रथुमका मोहन लिम्बूको शव फेला पारेको हो । प्रहरीले मोरङदेखि ठेचोसम्मको घटनामा एकै समूहको संलग्नता रहेको आशंका गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका–२ उखुबारीमा दुई जनाको शव गाडिएको अवस्थामा भेटिएपछि अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले सिराहाका अनिल मण्डललाई पक्राउ गरेको थियो । मण्डलले बिहीबार नै प्रहरीसँगको बयानमा लिम्बूको शव गाडिएको स्थान’दयगत प्रहरीलाई बताएका थिए ।

त्यसपछि अपराध महाशाखा र मोरङ प्रहरीको टोली ठेचो पुगेर शव गाडिएको स्थान फेला पारेका हुन् । प्रहरीले शवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । ‘घरभित्रै शव गाड्ने प्रयास भएको रहेछ, शव गाड्न खाल्टो पनि खनेका रहेछन् तर ढलान फुटाउन नसकेपछि बाहिर लगरे गाडेर सिमेन्टले माथिबाट ढलान गरिदिएछन्, अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले भने ।

प्रहरीका अनुसार शवलाई खाल्डोमा पुर्दा गलाउनका लागि नुनसमेत हालेको पाइएको छ । मण्डलले ललितपुर ठेचोस्थित एकतले सो घर भाडामा लिएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस्तै, प्रहरी अनुसन्धानबाट मोरङमा दुई जनाको हत्याको घटना हुनुअघि नै ठेचोमा लिम्बूको हत्या गरिएको खुलेको छ । पक्राउ परेका मण्डलले सो बयान प्रहरीसमक्ष दिएका छन् ।

गत २८ मंसिरसम्म मण्डल ठेसोमा देखिएको र सोही मिति आसपासमा लिम्बूको हत्या गरेपछि ५ पुस सुनसरी धरानका राजेन्द्रकुमार श्रेष्ठको हत्या भएको र ७ पुसमा सप्तरीका शम्भु चौधरीको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक तीनै जना जग्गाको कारोबारमा संलग्न रहेका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जग्गाको कारोबारमा लेनदेनमा विवाद बढ्दै गएपछि उनीहरूबीच मनमुटाव भएर हत्याको अवस्थासम्म घटना अघि बढेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी बताउँछ । सो’दयगत प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा हालसम्म मण्डलसहित तीन जनालाई पक्राउ गरेको छ । तर, अन्य दुई जनाका विषयमा भने खुलाइएको छैन ।

हत्यामा भारतीय नागरिकको पनि संलग्नता रहेको आशंका छ । प्रहरीले उनीहरूको खोजी जारी राखेको छ । मण्डललाई भने अपराध महाशाखा टोलीले काठमाडौंबाट र अन्य दुई व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मण्डललाई पक्राउ गरेर बिहीबार नै मोरङ पठाएको थियो ।

राजधानी दैनिकबाट ।

Tags: #हत्यापत्रपत्रिकाहत्याकाण्ड
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.