इटहरी : इटहरीकी कवि टीका आत्रेयको कविता ‘ज्ञानशाला’ कक्षा ९ र १० मा अध्यापन हुने भएको छ ।
आत्रेयको छन्द कवितासंग्रह ‘भ्रुण प्रश्न’ मा संग्रहित कविता ‘ज्ञानशाला’ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट प्रकाशित नेपाली विषयको खुला विद्यालय कक्षा ९ र १० सरह अध्ययन सामाग्रीमा छनौट भएको हो ।
उनको केही समयअघि कवितासंग्रह ‘भ्रुण प्रश्न’ बजारमा आएको थियो । इटहरीमा बसेर दशकअघिदेखि साहित्य लेखनमा सक्रिय आत्रेय पूर्वकी चर्चित गजलकार समेत हुन् ।
यसैबीच कवि आत्रेयलाई आज (शुक्रबार) इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ ।
क्याम्पस प्रमुख समेत रहेकी प्रा. डा. गीता अधिकारीले उनलाई बधाई ज्ञापन गरेकी हुन् । क्याम्पसकी प्रध्यापक समेत रहेकी कवि आत्रेयको कविता कक्षामै अध्यापन हुनका लागि छनौट भएकाले आफूहरू खुशी भएको क्याम्पस प्रमुख अधिकारीले बताइन् ।














Discussion about this post