भोजपुर : लागूऔषध मुद्दामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकृत प्रहरी निरीक्षक शिशिर थापाका अनुसार लागूऔषध गाँजा मुद्दामा फरार रहेका जिल्लाको हतुवागढी गाउँपालिका वडा नम्बर ९, हसनपुरका ३९ वर्षीय जसबहादुर राईलाई प्रहरी चौकी हसनपुरले पक्राउ गरेको हो ।
२० असार २०७७ मा राईको घरबाट १३ किलो चार सय ग्राम लागूऔषध गाँजा फेला पारि बरामद गरिएको भएपनि उनी सोही मितिबाट फरार थिए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।














Discussion about this post