उदयपुर : पौडी खेल्ने क्रममा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका ४ का २७ वर्षीय रबिन तामाङको शव फेला परेको छ ।
तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाउँपालिका ४ खांसाङस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी १६ किलोमिटर दक्षिण उदयपुर कटारी नगरपालिका १४ सुनकोशी नदिको किनारमा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोलीइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post