मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का २४ वर्षीय दीपक दर्नाललाई एक केजी लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका १० बगैचा टोलबाट गाँजासहित पक्राउ गरेको हो ।
उनले बोकेको झोलामा सो परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दर्नालमाथि इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post