मोरङ : मोरङको जहदा गाउँपालिका ४ रामचौकस्थित लोहन्द्रा पुल मुनि खोलामा घाइते भेटिएका साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन् ।
शुक्रबार बेलुका उनी घाइते अवस्थामा रहेको जानकारी पाए लगत्तै सीमा प्रहरी चौकी पोखरियाबाट प्रहरी टोली खटिइ उनको उद्दार गरेर उपचारको लागि कोसी अस्पताल विराटनगर पठाइएको थियो ।
उनको उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।












Discussion about this post