मोरङ : मोरङको सुनवर्षी नगरपालिका ८ बाट खैरोहिरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुनवर्षी १ का २३ वर्षीय बिनोद तामाङ रहेका छन् ।
प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले पैदलयात्री तामाङलाई शंंका लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको प्लास्टिकमा पोको पारेको अवस्थामा फेला पारिएको हो ।
उनले शरीरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरोहिरोईन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषध खैरोहिरोईन सहित पक्राउ परेका तामाङमाथि इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post