मोरङ : मोरङको उर्लाबारीका सनम शाक्यको हत्या एवम् लगभग सुन तस्करी मुद्दामा जोडिएका अभियुक्तमध्येका एक जना सन्दीप खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार उर्लाबारी नगरपालिका ३ घर भएका ३९ वर्षीय खड्कालाई काठमाडौँको गौशालाबाट पक्राउ गरेर मोरङ ल्याइएको हो ।
बुधबार बिहान जहाजमार्फत विराटनगर ल्याइएका खड्का दुबईमा बसेर नेपालतिर तस्करीको सुन पठाउने गिरोहका सदस्य रहेको अनुसन्धानबाट खुलेको थियो ।
मङ्गलबार पक्राउ परेका खड्कालाई बुधबार मोरङ ल्याएर सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको जानकारी एसपी जिसीले दिए । उनीविरुद्धको मुद्दाको छिनोफानो मोरङ अदालतले गर्ने छ । समय अभावका कारण खड्कासँग अदालतले बिहीबार मात्रै बयान लिने भएको छ ।
हत्यामा संलग्नलाई दोषी ठहर गरे पनि अदालतले सुन तस्करीमा संलग्न भनिएकाहरू सबैलाई सफाइ दिइसकेको छ ।












Discussion about this post