इटहरी : इटहरी ४ आइतबारेस्थित बिजुलीको पोलमा आगलागी भएको छ ।
बिहीबार (आज) दिउँसो साढे ३ बजे विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण पोलका तार जलेकाले यस क्षेत्रको विद्युत अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उपमहानगरको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको छ ।
आगलागीका कारण ठूलो क्षति नभएको स्थानीयले जनाएका छन् ।



















Discussion about this post