मोरङ : मोरङको उर्लाबारी नगरपालिका १ मा स्कुल बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार स्थानीय पशुपति इङ्लिस बोर्डिङ स्कुलको बा १ क ५६०९ नम्बरको बसले उर्लाबारी–मधुमल्ला पक्की सडक खण्डमा ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका ३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बिहीबार करीब ८ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक उर्लाबारी ४ का ६० वर्षीय हरिराज भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।












Discussion about this post