धरान : धरान उपमहानगरपालिका ५ बाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान ५ का २८ वर्षीय सुवास राई रहेका छन् । लागूऔषध बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईको सुत्ने कोठामा खानतासी गर्दा स्पासपेन ७४२ ट्याबलेट, ट्रमाडोल ७१४ क्यापसुल र टापेन ४० ट्याबलेट गरी जम्मा १४९६ ट्याबलेट तथा क्याप्सुल बरामद गरेको हो ।
प्रतिबन्धित औषधीसहित पक्राउ परेका राईको इलाका प्रहरी कार्याल धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post