इटहरी : रोटरी क्लब अफ इटहरी स्थापना भएको २५ औँ वर्ष तथा प्रजातन्त्र दिवसको अवसरमा मैत्रीपूर्ण फुटसलको आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरी र रोटरी कल्ब अफ इटहरीबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको हो ।
इटहरी १० स्थित एसडी फुटसलमा आयोजना गरिएको प्रतियोगितामा पत्रकार महासंघ सुनसरी विजयी भएको छ ।
पत्रकार महासङ्घले आयोजक रोटरी कल्बलाई ७ का विरुद्ध ४ गोल गरेको थियो । महासङ्घका तर्फबाट विवेक भटराई, राजकुमार श्रेष्ठ, ध्रुव ढकाल लगायतले गोल गरेका थिए ।
त्यस्तै, रोटरी क्लब अफ इटहरीबाट पुष्पनारायण चौधरी, ज्ञानेन्द्र पराजुली, भुपेन्द्र निरौला र रोनाल निरौलाले गोल गरे ।
कार्यक्रम रोटरी कल्ब अफ इटहरीकी अध्यक्ष सविना शोभा कोइरालाको अध्यक्षतामा आयोजना गरिएको थियो ।












Discussion about this post