सुनसरी : सुनसरीको हरिनगरा गाउँपालिका ३ मा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय नीलम कुमारी रामकी १ वर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post