इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई बोकेर हिड्न मिल्ने पोर्टेवल अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमकाबीच उपप्रमुख लक्ष्मी गौतम र वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई आठ लाख मूल्य पर्ने पोर्टेवल अल्टासाउण्ड मेसिन हस्तान्तरण गरेका हुन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र उपमहानगरको साझेदारीमा संचालित अपाङ्गगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत सो मेसिन इटहरी अस्पताललाई प्रदान गरिएको हो । मेसिनको सहायताले गर्भवती आमा तथा बच्चाको मृत्युदर कम गर्न सकिने उपप्रमुख गौतमले बताइन् ।
उनका अनुसार कार्यविधि बनाएर प्रत्येक वडावाटै महिनाको एक पटक सेवा प्राप्त हुनेगरी पोर्टेवल अल्ट्रासाउण्ड मेसिनको प्रयोग गरिने छ । अपाङ्गता भएका गर्भवती महिलाको घरमै पुगेर परीक्षण गर्ने ब्यवस्था मिलाइने उनले बताइन् ।
अस्पतालका डा. योगेश चेम्जोङ्गले पोर्टेवल अल्टासाउण्ड मेसिनद्धारा गर्भपरीक्षण गरेपछि आमा तथा वच्चाको मृत्युदर घटेको बताए ।
कार्यक्रममा करुणा फाउण्डेसनका सुरज कुमार सरदारले ग्रामीण भेगका गर्भवती आमालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने बताए ।
Discussion about this post