उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँकी ५६ वर्षीया नाक्सीमाया परियार रहेकी छन् । जलजलेमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुबेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post