मोरङ : मोरङको जहदा गाउँपालिका ७ मझारेस्थित सिर्सियामा पानी जमेको खाल्डोमा डुबेर एकजना नाबालकको मृत्यु भएको छ ।
घरअगाडि रहेको कलको पानी जमेको खाल्डोमा डुबेर महेश हस्दाका ३० महिनाका छोरा रविन हस्दाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
उनका अनुसार डुबेर बेहोस भएको अवस्थामा उद्धार गरेर नाबालकलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














Discussion about this post