संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ७ स्थित बालेश्वर जंगलमा जंगली जनावर मृग मारेर शिकार गर्ने एकजनालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चैनपुर ७ फलाटेका ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन् ।
सोमबार (आज) बिहान सवा ४ बजे बालेश्वर जंगलमा जंगली जनावरको शिकार भइरहेको छ भन्ने विशेष सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको गस्ती टोलीले मृग मारीेर घरतर्फ लैजादैँ गरेको अवस्थामा श्रेष्ठलाई १ थान भरुवा बन्दुकसहित जंगलबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post