धरान : धरानमा एक गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार धरान १८ मा रहेको न्यू कान्तिपुर होटल एण्ड गेस्ट हाउसको कोठा नं. १०९ मा अन्दाजी ३५।४० उमेरको महिला मृत फेला परेकी हुन् ।
मृतक दुई दिनदेखि एक पुरुषको साथ होटलमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज (मंगलबार) बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले सुतेकै अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । एसपी थापाका अनुसार महिलाको सनाखत गर्ने काम भइरहेको छ ।
महिलाका आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाबारे थप अुनसन्धान तथा फरार पुरुषको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post