इटहरी : संसदमा एमसीसी अनुमोदन भएपछि ६ दलीय मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन् ।
बन्दकै बीचमा सुनसरीमा भने यसको प्रभाव सामान्य छ । इटहरीदेखि धरानसम्मका सवारीसाधनहरू निर्वाध रूपमा चलिरहेका छन् ।
मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन १५ गतेको संसद्को बैठक फागुन १८ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख छ ।
संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको कारण सुनसरी जिल्ला भरि बन्दको प्रभाव सामान्य परेको हो ।
सुनसरीका शैक्षिक क्षेत्रमा सामान्य प्रभाव परेको छ ।














Discussion about this post