धरान :धरानमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन आ–आफ्नो ठाउँबाट पहल गर्ने निर्णय भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षता तथा प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीको विशेष उपस्थितिमा बसेको बैठकले जग्गा बचाउनका लागि पहल गर्ने निर्णय भएको हो ।
प्रदेशसभा सदस्यहरु, उपमेयर, महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ समितिका संयोजक, क्याम्पस प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित आज (बुधबार) बसेको छलफलले यस्तो निर्णय गरेको हो ।
छलफलमा उनीहरूले अदालतमा विचाराधीन मुद्दाको विषयमा बलियो कानूनी प्रतिरक्षा गर्ने र सार्वजनिक सम्पति जोगाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।
महेन्द्र बहुमुखी क्याम्पसको जग्गाको मोहियानी सम्बन्धि विवाद र क्याम्पसबाट भएको प्रयासहरूको विषयमा छलफल समेत गरियो ।











Discussion about this post