इटहरी : इटहरी उपमहानगरपालिकाको नगरगौरवको सबैभन्दा ठूलो योजना कोल्डस्टोर सहितको आधुनिककृषि बजार शिलान्यास गरिएको छ ।
इटहरी वडा नम्बर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गरेका हुन् ।
उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि वजार निर्माण हुनेछ ।
कृषि वजारमा ६ लाख केजी समाग्री एकै पटक भण्डारण गर्न सकिने कोल्डस्टोर रहने बताइएको छ । तरकारी र फलफूलजन्य सामाग्रीको बिक्री कक्ष, एटिएम सहितको बैँक, प्रशासनिक भवन, आवास कक्ष, दुईवटा धर्मकाँटा, १० वटा थोक विक्री कक्ष निर्माण गरिने छ ।
यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको उपमहानगरले जनाएको छ । दुईवर्षमा निर्माण सकिने कृषि वजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ । उपमहानगरपालिकावाट ५० प्रतिशत सहभागिता रहने छ ।
यस्तै, प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ ।
शिलान्यास समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरकापालिकाका प्रमुख द्धारिकलाल चौधरीले उपहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए ।



















Discussion about this post