इटहरी : इटहरीको बेदान्त हस्पिटलमा अब सर्जरी विशेषज्ञ डाक्टर सुनित अग्रवालको सेवा पाइने भएको छ ।
प्रदेश नं. १ मा लामो समयदेखि विभिन्न अस्पतालमा आबद्ध रही ल्याप्रोस्कोपी सर्जरी गर्दै आएका दक्ष, अनुभवी तथा तालिम प्राप्त सर्जन डाक्टर सुनित अग्रवालको सेवा पाइने भएको हो ।
हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार बरिष्ठ सर्जनद्वारा पेट सम्वन्धी सम्पूर्ण सेवा पाइने भएको छ ।

पित्तथैलीको पत्थरी, एपेन्डिक्स, हाड्रोसिल, हर्निया, पायल्स, फिसर, फिस्टुला, पेट रोग, स्तन रोग, मृणौला पथरी, प्रोस्टेट, पिलो, कान चुडिएको शरीरका कुनै पनि ठाउँमा मुसा, खिलर जस्ता समस्याको एकैठाउँ उपचार पाइने उनले बताए ।
श्रेष्ठका अनुसार दैनिक अप्रेसन समेत गरिने भएकाले यहाँका मानिसहरूले सहज रूपमा सेवा लिन सक्ने भएका छन् ।














Discussion about this post