मोरङ : मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबेर १८ वर्षीय किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका शम्भु यादवको छोरा उपेन्द्र यादव रहेका छन् ।
आइतबार (आज) दिउँसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखेपछि उद्दार गरी कोशी अस्पताल लगिएको थियो ।
उपचारको क्रममा उनको दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post